‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ 

धनुषा । चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ०८ बजे