‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रड प्रहार गरेर चार वर्षीय बालकको हत्या

जनकपुरधाम – धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : २३ बजे