एमालेको सचिवालय बैठक सुरु

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ ।​​​​​​​ मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले तीन हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न इच्छुक हाल बैंकका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान उपमहानगरपालिका-१२ सुनसरीमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सो अवधिभित्र संस्थापक सेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : १८ बजे