‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

मोरङ ।  सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ४० बजे