एमालेको सचिवालय बैठक सुरु

बढ्यो सुनको मूल्य

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।  आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ५६ बजे