आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भारतको एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन आज  नेपाल आइपुगेका छन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । 

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् । बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने छ । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ५७ बजे