आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

काठमाडौं । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।

६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उहाँलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नुहुनेछ  ।

अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तिर्थाटनका लागि आज भारत जादैछन् । कार्कीलाई सरकारले भूपू प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिनेगरी नीतिगत निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्बेवारी दिपक कार्कीले पाएका थिए । अब हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न भने लामो समय कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ४५ बजे