आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचनमा उमेदवारको खर्च सीमा तोक्न दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उमेदवारहरूले गर्ने खर्चको सीमा तोक्न दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले १२ दलका प्रतिनिधिलाई मंगलबार ११ बजे आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाएको छ ।

आयोगले २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी गरेको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यो पटक बढाउन लागेको हो ।

आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा क्याटागोरीमा विभाजन गरिएको छ । जसमा २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव छ । आयोगले गरेको प्रस्ताव अनुसार ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउनेगरी प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ५५ बजे