काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अनुगमन सुरु गरिएको हो ।
माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजारको अनुगमन गरिने छ ।
आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ ।
प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार ९ : ०६ बजे
प्रतिक्रिया