काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुईवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको विधेयकहरू :
१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार ४ : ३२ बजे
प्रतिक्रिया