​​​​​​​डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : काँग्रेस नेता सिंह 

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

आज राजधानीको रत्न राज्य विद्यालयको विज्ञान  प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गर्नुभयो। 

बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उहाँले अपिल समेत गर्नुभएको छ । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् । 

फरक प्रसङ्गमा उहाँले मुलुकमा सङ्कटको निकासको लागि काँग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको बताउनुभयो । उहाँले अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : ३१ बजे