काठमाडौँ । निर्वाचन आयोगले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बित्तिकै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ ।
प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार ७ : ५७ बजे
प्रतिक्रिया