हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।
हेटौँडाको पदम पोखरीमा शनिवार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभएको हो ।
उहाँले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई समेत आग्रह गर्नुभयो ।
मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरू कुनै चाह नरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उहाँले टिप्पणी गर्नुभयो ।
प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार ७ : २१ बजे
प्रतिक्रिया