थप ७४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं  । पछिल्लो २४ घन्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। 

देशभरबाट ४१२६ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२३४ र एन्टिजेनबाट २८९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ र एन्टिजेनबाट ४५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या १२८३ पुगेको छ।  

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : ३० बजे