बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर ।  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

गए राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडक खण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : १६ बजे