‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कमेडियन बुद्धि तामाङले कसे लगनगाँठो

काठमाडौं । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कस्नुभएको हो । 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गर्नुभएको हो । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित हुनुभएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त हुनुहुन्छ । 

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिनुभएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ३२ बजे