‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत 

भक्तपुर । भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ । 

राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ५१ बजे