बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

मकवानपुरको भीमफेदीमा बस दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु 

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिनुभयो। 

गौतमका अनुसार  काठमाडौबाट हेटौंडा तर्फ आउदै गरेको ना३ख ७८५८ नम्बरको बस  दुर्घटनामा परेको हो।  बसमा अन्दाजी २८ जना सवार रहेका थिए । 

अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उहाँले बताउनुभयाे । 

दुर्घटनाबारे विस्कृत विवरण आउन भने बाँकि नै छ । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ४५ बजे