आन्तरिक हवाई उडानमा अत्यधिक चाप

 मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते 

काठमाडौँ ।  काठमाडौँको डल्लुस्थित रामघाट पुल नजिकै गए राती मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा काठमाडौँको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महाकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । 

टंकेश्वरबाट डल्लुपुल तर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गए राती साढे ९ बजे ठोक्किएका थिए । 

दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : २३ बजे