साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुुनुुवाइ

काठमाडौँ – सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
 
    समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताउनुभयो । 

    प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराउनुभयो । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : २० बजे