थप ५७ वटा हिमाल आरोहणका लागि खुला

‘सरकारले संविधान उल्लंघन गर्‍यो, राष्ट्रपतिले मौनताबाटै जवाफ दिनुभयो’

काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारले नै संविधान उल्लंघनगरी नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाएको दाबी गरेको छ। संसद् र सरकारले संविविधानको विधि पूरा नगरेरै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको कार्यालयको दाबी छ ।

राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकाल संसद् र सरकारबाट भएको संविधान उल्लंघनलाई राष्ट्रपतिको‘मौनता’बाटै जवाफ मिलेको बताउँहुन्छ । ‘नागरिकता विधेयकमा संविधान उल्लंघन गरी सरकार र संसद्ले प्रमाणीकरण गर्न पठाएको थियो’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले प्रमाणीकरण नगरी मौनताबाट यसको जवाफ दिनुभएको छ ।’

उहाँले प्रधानमन्त्रीबाट संविधानको धारा ८१ पालना नहुँदा संविधानको उल्लंघन भएको बताउनुभयो  । संविधानको धारा ८१ मा संघीय संसद्मा पेश गरिने विधेयकबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । उहाँ भन्नुहुन्छ,‘ यो व्यवस्था पालना भएको छैन र राष्ट्रपतिबाट पुनर्विचार गर्न पठाएको बुँदाको पनि ख्याल गरिएको छैन ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : १० बजे