सर्वाेत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान

भैरहवा । भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्राे नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएकाे एकेडेमीकाे दाबी छ । 

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३.६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा  र सिया लिम्बुद्वयले समान ३.६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्रचार्य राजेन्द्र घिमिरेले जानकारी दिनुभयाे ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्दै आएको छ । 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ३१ बजे