आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चोरीको मोटरसाइकल सहित पक्राउ

काठमाडौं । ​​​​​​​प्रहरीले चोरी गरेको मोटरसाइकलसहित एक जनालाई राजधानीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट राखी चलाई राखेको अवस्थामामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५९ बजे