आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोहम्मदका हत्याराहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेनन्

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि प्रहरीले विशेष समिति गठन भएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा म‌ंगलबार पाँच सदस्यीय समिति गठन भएको हो ।  

सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

मोहम्मदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । 

गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ४६ बजे