आन्तरिक हवाई उडानमा अत्यधिक चाप

यी ३६ वटा संस्थालाई निर्वाचनमा परीवेक्षण गर्न अनुमति

काठमाडौँ – मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले ३६ वटा संस्थालाई अनुमति दिएको छ।

निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले २ वटा अन्तर्राष्ट्रिय संस्था सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई समेत अनुमति दिएको छ । 

निर्वाचनमा परीवेक्षण गर्न अनुमति पाएका ३६ वटा संस्थाहरु :-

​​​​​​​आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माण मञ्च नेपाल, नेपाल युवा परिषद, राष्ट्रिय व्यवसायिक पहल, संकल्प-शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसीरिसोर्स सेन्टर नेपाल, वमेन एक्ट, न्यू भिजन नेपाल, युथ वकालत नेपाल, सुशासन महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अंगालो जेष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, जेष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल, शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार संगठन, नेत्रहिन युवा संघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबीनिवारण तथा वातावरण संरक्षण नेपाल, नेपाल र्‍यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, विश्वकीर्तिमानी समाज, महिला पुनर्स्थापना केन्द्र, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, सामूहिक अभियान, जनचेतना नेपाल, पूर्वन्यायाधीश फोरम नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, एक अर्थ नेपाल, बागेश्वरी असल शासन क्लब (बास), नेपाल जनप्रशासन संघ, आशा नेपाल लगायतका संस्थाहरुलाई निर्वाचनमा परीवेक्षण गर्न अनुमति  प्रदान गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ५१ बजे