सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालमाथि बंगलादेशले गर्‍यो पहिलो गोल

काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा बंगलादेशले नेपालमाथि पहिलो गोल गरेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुमन्नहरले नेपालमाथि गोल गरेकी हुन् ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ४५ बजे