आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपतिद्वारा चोलेन्द्रलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता दिनुभएको छ ।

प्रधानमन्त्री श‍ेरबहादुर देउवाले निलम्बित अवस्थामै रहेको भन्दै चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाएको समयमा राष्ट्रपति भण्डारीले उहाँलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गर्नुभएको हो।

संविधान दिवसका अवसरमा सोमबार शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारीले राणालाई प्रधान न्यायाधीशका हैसियतमा निमन्त्रणा गर्नुभएको छ ।

सरकारले राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।

सर्वोच्च अदालत जाने तयारी गर्नुभएका रानालाई सरकारले उहाँको निवास बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै घरमै नजरबन्दको अवस्थामा राखिएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ५७ बजे