आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इन्टरपोलमार्फत सन्दीप लामिछानेलाई पक्राउ गर्ने नेपाल प्रहरीको तयारी

काठमाडौं।नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोग लिने तयारी गरेको छ ।

नाबालिगलाई बलात्कारको आरोप लागेका लामिछाने सम्पर्कविहीन भएपछी उनीलाई खोजेर नियन्त्रणमा लिन प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको हो । लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर आरोप लागेको १० दिन पुग्दासम्म पनि सम्पर्कविहीन भएपछि लामिछानेलाई नियन्त्रण लिन प्रहरीले इन्टरपोलको सहयोग लिन तयारी गरेको हो ।

​​​​​​​केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछाने हाल कुन देशमा छन् भन्ने बारे न प्रहरीलाई न नेपाल क्रिकेट संघ क्यानलाई नै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले लामिछानेलाई कालोसूचीमा राखेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ३९ बजे