आन्तरिक हवाई उडानमा अत्यधिक चाप

म नजरबन्दमा छु : चोलेन्द्र शम्शेर जबरा

काठमाडौं ।  सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नजरबन्द गरेर सरकारले संविधान लोकतन्त्र र न्यायलयमाथि प्रहार  गरेको बताउनुभएको छ ।  

सर्वोच्च अदालत आज जाने तयारी गरिरहेका बेला आफ्नो निवासलाई समेत घेराबन्दी गरेर रोकपछि  जबाराले यस्तो बताउनुभएको हो ।  

‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक स्वतन्त्रता र अधिकार कसरी सुनिश्चित हुन्छ ?’ जबाराले भन्नुभयाे । 

जबराले शनिवार मध्यरातबाट प्रतिनिधिसभाको आयु सकिएकाले संवैधानिक प्रक्रियाअनुसार आफुमाथि लगाइएका सबै प्रस्ताव निष्क्रिय भएको दाबी गर्नुभएको छ ।  

आफू आइतवार बिहान ११ बजे सर्वोच्च अदालत जान तयार भएर बसेको अवस्थामा सरकारले आफूलाई निवासबाट बाहिर निस्कन नदिइएको उहाँले बताउनुभएको छ । 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ३५ बजे