थप ५७ वटा हिमाल आरोहणका लागि खुला

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षकको हेलिकोप्टरबाट जीवितै उद्धार 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक–३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो।  

डिएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु–१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । 

शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही बेरमा उनलाई काठमाडौँ लगिने तयारी भइरहेको छ । शनिवार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए ।

उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।  

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ०७ बजे