काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन ।
आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो ।
जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उहाँलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
शनिवार मध्यरातबाट आफू विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताउनुभएको थियो।
जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उहाँ निलम्बनमा परेका पर्नुभएको थियो।
महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिवार प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार ११ : ५७ बजे
प्रतिक्रिया