आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते

काठमाडौँ । काठमाडौँको बल्खुमा शनिवार बेलुकी मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । 

घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै आएका १८ वर्षीय प्रमेश्वर कुमार साह रहेका छन् । 

दुवै घाइतेको बल्खु स्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अन्सारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बा १ ब ९२९९ नम्बरको मोटरसाइकलले शनिवार बेलुकी करिब सवा ८ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न चालकले मदिरा सेवन गरेको पाइएकोले उनलाई सवारी साधन सहित प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०१ बजे