आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बेलायतकी महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्र मन्त्री डा.खड्का लन्डनमा  

लन्डन । परराष्ट्र मन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुग्नुभएको छ । 

मन्त्री खड्का शनिवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गर्नुभएको थियो ।  

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विशेष समारोहमा सहभागी हुनुहुनेछ ।

मन्त्री डा.खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा  प्यालेसमा राजा चाल्र्स तृतीयको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुने कार्यक्रम छ

मन्त्रीको स्वागतको लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुग्नुभएको थियो। 

मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको छ ।  

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : १४ बजे