आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौँ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ ।

सिंहदरबारस्थित शुक्रवार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिएको र प्रतिवेदन आज बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।  

संसद् आगामी असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले आज नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो । 

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्व प्रधानन्यायाधीशहरूले पनि आफूहरू जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो ।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४२ बजे