संविधान दिवसका अवसरमा उपत्यकामा एमालेको वाकथन(पदयात्रा) कार्यक्रम (फोटोफिचर)

काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ । 

पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ । 

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट अहिले हजारौँ मानिसहरूको सहभागितामा पदयात्रा सुरु भएको छ । 

सबैतिरका पदयात्रा शहीद गेटमा मिसिई वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।​​​​​​​

​​​​​​​

 

 

 

 

 

 

 

​​​​​​​

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : २९ बजे