आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री आज त्यसतर्फ जानुहुँदै

काठमाडौँ । परराष्ट्र मन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

बेलायतको राजधानी लन्डनमा रहँदा उहाँले महारानीलाई श्रद्धाञ्जली तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुनेछ । 

मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : १९ बजे