थप ११० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९०९ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : १० बजे