सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

फेरी घटेर आयो पेट्रोलको भाउ,गठबन्धनले भूल्यो स्वचालित मूल्य 

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।

त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ ।  उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।पटक पटक भारतबाट पेटरोल तथा डिजेलको मूल्य घटेर आए पनि सरकारले भने मूल्य घटाएको छैन ।  

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था भए पनि गठबन्धन सरकार बनेदेखि त्यो लागू भइरहेको छैन । 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बिहान डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ३९ बजे