तपाईंहरूले बयान लिन सात महिना लाउने, मैले किन तुरुन्तै हस्ताक्षर गर्ने ? : चाेलेन्द्र

काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिएको बयानमा उहाँले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । महाअभियोग समितिले बयान लिन सात महिना लगाएको भन्दै उहाँले  क्षणभरमा हस्ताक्षर नगर्ने बताउनुभयो । 

समितिले १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम हुँदै थियो ।

उक्त बयान पढेर सुनाउन ४–५ घण्टा लाग्छ भन्दै समितिका केही सदस्यले उहाँकै बयान हो बढाइचढाई छैन’ हस्ताक्षर गर्न दिऔँ भनेका थिए । तर, हस्ताक्षर गर्न दिने बेला निलम्बित प्रधानन्यायाधीश जबराले यो यता नल्याउनुहोस् । यसको अर्थ छैन भन्दै हस्ताक्षर गर्न नमानेको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।  

जबरालाई समितिका सभापति रामप्रसाद विष्टले किन हस्ताक्षर गर्नुहुन्न भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा जबराले ‘सबैको आ–आफनो नियम हुन्छ । तपाईंहरूले पनि सात महिनामा मात्र महाभियोगको बयान लिनुभयो । मलै दुई साताअघि मात्र दिएको बयानमा अहिले नै हस्ताक्षर गर्नुपर्छ भने कहाँ छ’ भनेर उल्टै प्रश्न गर्नुभएको थियो । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ०९ बजे