सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रवार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । 

भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारत विरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न साँढे ५ बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

यसअघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए  ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४४ बजे