सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

नेपाली श्रमिकको अधिकार संरक्षणमा भूमिका खेल्न निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशी भूमिमा रहेका नेपाली श्रमिकको हक अधिकार संरक्षणमा ध्यान दिन दूतावासमा कार्यरत श्रम अधिकारीलाई निर्देशन दिनुभएको छ । 

विभिन्न नौ श्रम गन्तव्य मुलुकका लागि तोकिएका श्रम काउन्सिलर र सहचारीसँग बिहीबार भएको भर्चुअल छलफलमा उहाँले समस्या परेका श्रमिकको उद्धार तथा रोजगारदाता र श्रमिकबीचको विवाद समाधानमा ध्यान दिन निर्देशन दिनुभएको हो । 

श्रम काउन्सिलर र सहचारीले गन्तव्य मुलुकमा रही नेपाल सरकारको प्रतिनिधित्व गर्नुपर्ने भन्दै मन्त्री कुँवरले वैदेशिक रोजगार ऐन, २०६४ ले तोकिएको भूमिका अनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली श्रमिकले गर्ने काम र पाउने पारिश्रमिक र सेवा सुविधाका बारेमा अनुगमन गर्न पनि निर्देशन दिनुभयो । 

सो अवसरमा विभिन्न मुलुकमा कार्यरत श्रम काउन्सिलर र सहचारीले श्रमिकका समस्या, पारिश्रमिक भुक्तानीको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिको व्यवस्थापन तथा अलपत्र नागरिकलाई दूतावासले गरिरहेको सहयोगका बारेमा जानकारी गराउनुभएको थियो । 

श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’मा नेपाली बिदेसिने गर्दा समस्यामा पर्ने गरेको जनाउँदै उहाँहरूले भिजिट भिसालाई व्यवस्थित बनाउन पनि आग्रह गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ५६ बजे