आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पनि बयान लिँदै

काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदै छ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ः०० बजे बैठक डाकिएको छ । 

समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यसअघि ४३ वटा प्रश्न सोधिसकेको छ । 

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिनुभएको थियो । जबराले नाम लिनुभएका सात जना वकिलसँग समितिले सोधपुछ गरेको थियो । 

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उहाँहरू भने उपस्थित हुनु भएन। 

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : २० बजे