आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधवार साँझ माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् । 

बुधवार साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।  

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : २० बजे