आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काभ्रेको बेथानचोकमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो।

मृतक दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङले घटनास्थल नजिकै चलाल रोडाढुंगा उद्योगले ढुंगाखानी सञ्चालन गरिरहेको र सोही कारण पहिरो गएको हुनसक्ने जानकारी दिनुभयो । राति सुतिरहेका बेला एक्कासि पहिरो खसेपछि घर पुरिएको थियो।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ८ : ५७ बजे