आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । ​​​​​​​ जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते उनलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।  

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ३६ बजे