राजमार्गमा दृष्य एक, पीडा अनेक

सुन तोलामा सात सय रुपैयाँले घट्यो

काठमाडौँ ।​​​​​​​ नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ । 

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम  थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : १६ बजे