आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–८ गैरीखेतमा मङ्गलवार दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । 

कालिगण्डकी करिडोर सडकमा बिजयपुरबाट भुजात तर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरीत दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–८ का ३४ वर्षीय यम बहादुर साठीघरे, सोही मोटरसाइकलमा पछाडि सवार रामपुर–१० का २९ वर्षीय जय बहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर–५ का २१ वर्षीय विष्णु माझी रहेका छन् । घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको छ । 

मङ्गलवार बेलुकी पौने ७ः०० बजे भएको सवारी दुर्घटनामा घाइते मध्ये विष्णु र जयको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ११ : १७ बजे