आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आज पनि काठमाडौंका सडकमा सवारी आवागमन प्रभावित 

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुलेको सवारीका कारण आज पनि काठमाडौंका सडकमा सवारी आवागमन प्रभावित बनेको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज विहान ९ः०० बजेपछि कालिमाटी, त्रिपुरेश्वर, कोटेश्वर देखी भक्तपुर जाने सवारी साधन प्रभावित भएका छन् । 

बिहान ९ः०० बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी, सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित भएको कार्यालयले जनाएको छ । 

चिनियाँ जनकंग्रेस अध्यक्ष ली भक्तपुर दरबार क्षेत्रको अवलोकनमा निस्कुनभएका कारण ती सडक प्रभावित भएका हुन् । 

त्यस्तै, दिँउसो साढे ३ः०० बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ । लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न  जानुहुने भएका कारण ती सडक प्रभावित हुने भएका हुन् । 

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ४४ बजे