‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यो संसार मेरा लागि रहरलाग्दो बनाइदेऊ    

​​​​​​​तिम्रो रहरले म यो संसारमा आएँ, 
यो संसार मेरा लागि रहरलाग्दो बनाइदेऊ ! 

मेरो रुवाई, मेरो रिस बुझिदेऊ, 
मनभरि कुरा लुकाएर 
मैले नबोलेको मेरो चुप्पी सुनिदेऊ, 
तिमीसँग जति जीवनका अनुभव मसँग छैन
यति साँचो कुरा बुझिदेऊ 
तर कुनैबेला त तिमी मेरो उमेरका थियौ, 
एक पटक मेरो ठाउँमा उभिएर त सोचिदेऊ !

 सपना पूरा नहुँदाको पीडा तिमीलाई थाह छ, 
त्यसैले मलाई मेरा आफ्नै सपना देख्न र पूरा गर्न देऊ, 
मलाई उडान भर्ने साहस देऊ, 
लडिहालेँ भने 
तिम्रो साथ सधै छ भन्ने सान्त्वना देऊ !
तिमीलाई म विनासर्त माया गर्नेछु, 
त्यो माया कस्तो हुन्छ ? 
तिमी मलाई देखाइदेऊ !

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ५७ बजे