कमलनगरको सुज हाउसमा विद्युत् सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट

चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । 

सुज हाउसमा राती करिब साढे ११ बजे बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।

स्थानीय तेज नारायण चापागाईँको एक तले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिई सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विवरण आउन बाँकी छ । 

आगलागीबाट मानवीय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले  गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३० बजे